विद्युत सर्ट भई आगलागी हुँदा पोखरास्थित एक कपास उद्योगमा २२ लाख रुपैयाँबराबरको क्षति भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीस्थित अन्नत कतिलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा आगलागी हुँदा सोे क्षति भएको हो।
ब्लकको गारो र टिनको छानो भएको तीन कोठा भएको एकतले कच्ची घरमा सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए।
सञ्चालक कतिलाले अचानक विद्युत् सर्ट भई आगलागी भएको जानकारी दिएसँगै जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर, नेपाली सेना र स्थानीयले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थापाले जानकारी दिए।
आगलागीबाट मेसिन, कपास तथा अन्य सामानसमेत गरी अन्दाजी २२ लाखबराबरको क्षति भएको सञ्चालक कतिलाले बताए।