विवशको ह्याट्रिकसँगै जावलाखेलको पहिलो जित

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

विवश दर्मालीको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यू १८ युथ लिगमा पहिलो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको पहिलो खेलमा जावलाखेलले चर्च ब्वाइज युनाइटेडलाई ४–२ ले हराउँदै जित निकालेको हो । 

खेलको २५औँ मिनेटमा विवेकले पहिलो गोल गरेका थिए । त्यसपछि उनले ७०औँ र खेलको अन्तिम इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे । प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो । यसअघि नेपाल पुलिस क्लबका विक्रम गौतमले थ्री स्टारविरुद्ध ह्याट्रिक गरेका थिए । जावलाखेलका लागि प्रशान्त तामाङले ३०औँ मिनेटमा गोल गर्दा टोली २–० ले अघि बढ्यो । चर्च ब्वाइजका अमनबहादुर तामाङले खेलको ३५औँ मिनेटमा गोल गरी २–१ के गोलअन्तरमा टोलीलाई राखे । पासाङ लामाले इन्जुरी समयमै गोल गरेपछि चर्च ब्वाइजको हार टार्न सकेनन् । 

जितसँगै जावालखेलले पाँच खेलबाट पाँच अंक बनाएको छ । लिगको सातौँ स्थानमा उक्लन जावलाखेलले समान दुई बराबर, हार र एक जित निकालेको छ । लिगमा दोस्रो हार व्यहोरेको चर्च ब्वाइजले पाँच खेलबाट सात अंक बटुलेको छ । टोली छैटौँ स्थानमा छ ।
 

See More On

सुझावित समाचार