कोशीको सीमावर्ती जिल्लाहरूमा अवैध रकमको ओसारपसार बढ्दो

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

कोशी प्रदेशको तराईका सीमावर्ती जिल्लाहरूमा अवैध हुन्डी  र स्रोत नखुलेको रकम ओसारपसार गर्ने क्रम बढेको छ । कोशीको मोरङ, सुनसरी र झापाबाट गत वर्ष प्रहरीले अवैध हुन्डी र स्रोत नखुलेको रकम ओसारपसार आरोपमा १५ जना मानिसलाई पक्राउ गरेको थियो भने ८३ लाख १४ हजार ७१५ नेपाली  र १९ लाख ९६ हजार भारतीय रुपैयाँ बरामद गरेको थियो । यसैगरी १९लाख ९६ हजार नेपाली र ११ लाख १८ हजार भारतीय रुपैयाँ अनि विभिन्न विदेशी मुद्रा पनि बरामद गरेको थियाे । 

कोशी प्रहरीका अनुसार गत वर्ष ०८०/८१ मा सबैभन्दा बढी मोरङबाट अवैध रकम बरामद गरिएको छ । मोरङबाट गत वर्ष हुन्डीको ५४ लाख ७४ हजार र स्रोत नखुलेको २२ लाख ८७ हजार नेपाली र ११ लाख १८ हजार भारतीय रुपैयाँ बरामद भएको छ । सुनसरीबाट हुन्डीको तीन लाख १६ हजार नेपाली रुपैयाँ र झापाबाट स्रोत नखुलेको आठ लाख ७८ हजार भारतीय रुपैयाँ बरामद भएको  छ । 

प्रहरीका अनुसार सीमा क्षेत्रमा बसेर अवैध कारोबार गर्नेहरूले अवैध हुन्डीमार्फत स्रोत नखुलेको रकम ओसारपसार गर्ने गरेका छन् । भारतबाट अवैध कारोबार गर्ने व्यापारीहरूले प्रायः भरियाहरूमार्फत स्रोत नखुलेको रकम नेपाल भित्र्याउने गरेका छन् । 
 

सुझावित समाचार