भारतमा पहिरोमा परी कम्तीमा ४९ जनाको मृत्यु

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण
भारतमा पहिरोमा परी कम्तीमा ४९ जनाको मृत्यु

एक महिला र बालिकालाई सुरक्षित स्थानमा लैजाँदै उद्धारकर्ताहरू । तस्बिर : रोयटर्स

एकपछि अर्को गरी गएको लगातारको तीनवटा पहिरोमा परी भारतको केरला राज्यमा कम्तीमा ४९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

वायनाड जिल्लामा मंगलबार बिहान करिब २ बजेतिर गएको पहिरोमा परी कम्तीमा ७० जना घाइते भएका केरलाका मुख्यमन्त्रीका प्रेससचिव पिएम मनोजलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

ड्रोन र कुकुरसहित टोलीका साथै दुई सउभन्दा धेरै सेना र इन्डियन एयर फोर्सको दुईवटा हेलिकोप्टर उद्धार कार्यका लागि परिचालन गरिएको समाचारमा जनाइएको छ।

वर्षाका कारण घटनास्थलको  प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘सयौँ मानिस पहिरोमा फसेका आशंका गरिएको छ,’ भारतीय सेनाले एक विज्ञप्तिमार्फत भनेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपतकाे अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिएका छन् । उनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना तथा परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

सुझावित समाचार