त्रिवि सभाको बैठक साउन १५ गते बस्ने

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

 राजनीतिक परिस्थितिका कारण स्थगित त्रिभुवन विश्वविद्यालय सभाको बैठक साउन १५ गते बस्ने भएको छ।

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा मंगलबार बिहान १० बजे बैठक बोलाइएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ।

कार्यालयको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख भीमबहादुर श्रेष्ठका अनुसार बैठक त्रिवि स्मृति भवन कीर्तिपुरमा बस्नेछ। यसअघि गत असार ३१ गतेका लागि डाकिएको त्रिविसभाको बैठक राजनीतिक कारणले स्थगित भएको थियो।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत नपाइसकेको अवस्थामा स्वतः पदमुक्त भएपछि र नयाँ प्रधानमन्त्री नियुक्त भइनसकेको अवस्थामा सभा स्थगित भएको थियो।
 

सुझावित समाचार