जहाज दुर्घटना : परिवारले पाँच शव बुझे

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण
जहाज दुर्घटना : परिवारले पाँच शव बुझे

तस्बिर : संजित परियार/नयाँ पत्रिका

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूमध्ये पाँचवटा शव परिवारले बुझेका छन्। ज्यान गुमाएका १८ जनामध्ये पाँचजनाको शव शुक्रबार परिवारले त्रिवि शिक्षण अस्पतालबाट बुझेका हुन्।

अस्पतालका अनुसार सबै शवको पोस्टमार्टम सकिइसकेको छ। यद्यपि, बिमा, क्षतिपूर्तिलगायतको विषय स्पष्ट नभएकाले अधिकांश परिवारले शव बुझ्न अस्वीकार गरेका छन्।

गत बुधबार बिहान नियमित परीक्षणका लागि सौर्य एयरलाइन्सको जहाज सिआरजे–२००  पोखरा लैजाने क्रममा भुइँ छोडेको २० सेकेन्डमै दुर्घटनामा परेको थियो।

सुझावित समाचार