ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली र सिइओमा रेग्मी

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ–संस्थामा संलग्न छिन् । 

त्यसैगरी, समितिले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई भदौ १ गतेदेखि लागू हुने गरी सिइओमा नियुक्त गरेको छ । तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा रहेका रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट एमए (अर्थशास्त्र) तथा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबिए गरेका छन् ।

सुझावित समाचार