इतिहासमा आज

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

सन् २०२३ : निजेयरमा सैन्य कु । राष्ट्रपति मोहमद बाजुम राष्ट्रपति भवनमै बन्दी बनाइए । 

सन् १८६५ : न्युजिल्यान्डले देशको राजधानी अकल्यान्डबाट वेलिङ्टन सार्यो । 

सन् १९४५ : बेलायतमा भएको आमनिर्वाचनमा लेबर पार्टीले अभूतपूर्व जित हासिल गरेपछि कन्जर्भेटिभ पार्टीका विन्स्टन चर्चिलले राजीनामा दिए । लगत्तै लेबर नेता क्लिमेन्ट एट्ली नयाँ प्रधानमन्त्री बने । 

सन् १९५२ : इजिप्टेली क्रान्तिका क्रममा देशका राजा फारुक प्रथमले नाबालक फाहद द्वितीयलाई राजगद्दी त्यागेर देश छाडे । तथापि, एक वर्षपछि नै देशमा राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापना भयो । 

सन् १९५३ : फिडेल क्यास्ट्रोले क्युवामा क्रान्ति सुरु गर्ने लक्ष्यका साथ मोनकाडा ब्यारेकमाथि गरेको आक्रमण असफल भयो । 

सन् १९५६ : इजिप्टका राष्ट्रपति गमाल अब्देल नासेरले स्वेज नहरलाई राष्ट्रियकरण गर्ने घोषणा गरे, जुन घोषणाले स्वेज संकटको सुरुवात गर्यो । 

सन् १९९९ : भारत र पाकिस्तानबीच कार्गिलमा चलेको दुई महिना लामो युद्ध आजबाट रोकियो । 

सन् २०१८ : फेसबुकले एकै दिनमा उसको बजार मूल्यको झन्डै १९ प्रतिशत अर्थात् ११९ अर्ब डलर गुमाएको थियो । 
 

सुझावित समाचार