ललितपुरमा शनिबार नयाँ जात्रा भयो, साइकल जात्रा । यो तस्बिर पाटन दरबार क्षेत्रको हो । यहाँबाट सुरु भई चोभार, कीर्तिपुर हुँदै पुनः पाटन क्षेत्रमै आएर जात्रा सकिएको थियो ।
साइकल चढ्ने संस्कृति विकास गर्न ललितपुर महानगरले साइकल जात्रा आयोजना गरेको मेयर चिरीबाबु महर्जनले बताए । काठमाडौं उपत्यकालाई ट्राफिक जाम र वायु तथा ध्वनि प्रदूषणमुक्त गराउन साइकल सिटी बनाउनुपर्ने बहस विगतदेखि उठ्दै आएको छ ।