एसिसी महिला टी–२० एसिया कपको पहिलो खेलमा युएईविरुद्ध नेपालकी ओपनर ब्याटर सम्झना खड्काले अर्धशतक पूरा गरेकी छिन्।
श्रीलंकाको रंगिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालका लागि सम्झनाले ३५ बलको सामना गर्दै आठ चौकाको मद्दतले अर्धशतक पूरा गरेकी हुन्।
टी–२० अन्तर्राष्ट्रियमा सम्झनाको यो पहिलो अर्धशतक हो।