सुनको मूल्य तोलामा तीन सयले घट्यो

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा सुनकाे मूल्य आज तोलामा तीन सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

त्यस्तै, बुधबार प्रतितोला एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ३५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ६० निर्धारण भएको छ ।     
  
 

See More On

सुझावित समाचार