उत्कृष्ट कामका आधारमा नौ प्रहरीको विशेष बढुवा

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा उत्कृष्ट काम गर्ने नौजना प्रहरीको एक तह विशेष बढुवा भएको छ।

मंगलबार बसेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर नेतृत्वको प्रहरीको नीति समन्वय समितिको बैठकले मूल्यांकन समितिको सिफारिसका आधारमा बढुवाको निर्णय गरेको हो।

विशेष बढुवामा पर्नेहरूमा प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल र ईश्वरकुमार खत्री, असइ गोकुल खत्री, वरिष्ठ हवल्दार दीपेन्द्रबहादुर चन्द छन्। त्यस्तै, हवल्दारहरू अमरराज मिश्र, प्रभातकिरण श्रेष्ठ, रविना राई तथा प्रहरी जवानहरू हिमाल शाही र सूर्य कुँवरको पनि उत्कृष्ट काम गरेको आधारमा एक तह बढुवा भएको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले बताए।

प्रहरी नियमावली, २०७१ को दफा ३९ मा विशेष बढुवासम्बन्धी प्रावधान छ। जसमा एक आर्थिक वर्षमा अधिकतम १० कर्मचारीलाई राजपत्र अनंकित पदसम्म एक तह बढुवा गर्न सकिन्छ। यसअघि नेपाल प्रहरीमा आबद्ध त्रिकेटर दीपेन्द्रसिंह ऐरीको पनि यही प्रावधानअनुसार हवल्दार पदमा बढुवा भएको थियो।

सुझावित समाचार