नेपालले काभा यू–२० महिला भलिबल खेल्ने

मंगलबार, १ साउन, २०८१
डिजिटल संस्करण

नेपाली महिला भलिबल टोलीले माल्दिभ्सको मालेमा हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छ । प्रतियोगिता १८–२३ जुलाईसम्म हुनेछ । नेपालले पहिलोपटक उमेर समूह काभा यू– २० च्याम्पियनसिप खेल्न लागेको हो । उमेर समूहदेखि नै भलिबलको विकास गर्ने लक्ष्यसहित नेपाल भलिबल संघले घरेलु प्रतियोगिता गराउने र अन्तर्राष्ट्रियस्तरमा पनि सहभागिता गराउने योजना बनाएको छ । 

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को कार्यक्रमअनुसार हुन लागेको प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक माल्दिभ्स, कीर्गिस्तान गरी कुल चार टोलीको सहभागिता रहेको छ । नेपालले पहिलो खेल १८ जुलाईमा श्रीलंकासँग खेल्नेछ । २० जुलाईमा किर्गिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको नेपालले अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ । एकल राउन्ड रोबिनका आधारमा सबै टिमले एक–आपसमा प्रतिस्पर्धा गर्नेछन् । 

त्यसपछि सीधै सेमिफाइनल खेल हुनेछ । लिगमा पहिलो र र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ । दोस्रो र तेस्रो हुनेबीच अर्को सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल २३ जुलाईमा हुनेछ । नेपालले पहिलोपटकको सहभागितामै उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोलीलाई बिदाइ गर्दै राखेप सदस्यसचिव टंकलाल घिसिङले पहिलोपटक उमेर समूहको महिला टोलीबाट राम्रो नतिजाको अपेक्षा राखेको बताए । ‘महिला भलिबलमा यो राम्रो सुरुवात हो, यस टोलीबाट भविष्यमा राम्रो प्रदर्शन हुने विश्वास राखेको छु,’ घिसिङले भने । 

See More On

सुझावित समाचार