पेस्तोलसहित बाराबाट तीनजना पक्राउ

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

बारा प्रहरीले एक थान कटुवा पेस्तोलसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको महागढीमाई नगरपालिकाबाट शनिबार दिउँसो हतियारसहित नियन्त्रणमा लिएका उनीहरूलाई आइतबार राति सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका– ११ मधुरीजब्दी बस्ने अन्दाजी वर्ष ५४ का रमजान अन्सारी, सोही ठाउँ बस्ने वर्ष २५ का सुलतान अन्सारी र वर्ष ४५ का रामकृपाल साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कलैया र प्रहरी चौकी बरियारपुरबाट खटेको प्रहरी टोलीले रमजान अन्सारीले गाउँनजिकैको आँपको बगैँचामा खाल्टो खनी जमिनमुनि लुकाइछिपाई राखेको अवस्थामा कटुवा पेस्तोल बरामद गरेपछि उनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

घटनामा संलग्नहरूमाथि हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार