पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण

पहिरोले गोरखा–आँबुखैरनी सडकखण्ड अवरुद्ध भएको छ । यस सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका– १२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रूपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपत् व्यवस्थापन शाखाका प्रमुख ध्रुवप्रसाद घिमिरेले जानकारी दिए ।

आज बिहान ३ बजेदेखि नै पहिरोले सडक अवरुद्ध भएको हो । ‘साना–साना पहिरोसमेत ठाउँ–ठाउँमा खसेकाले बाटो खुलाउन समस्या भइरहेको छ,’ उनले भने, ‘नगरपालिकाले बिहानैदेखि उपकरण प्रयोग गरेर पहिरो हटाउने काम गरिरहेको छ ।’

आँबुखैरेनीतर्फबाट पनि पहिरो हटाउनका लागि सडक विभाग तनहुँबाट झिकाउने प्रयास भइरहेको उनले बताए । सो सडकखण्डको स्याउली बजार तथा इँटाभट्टा नजिक सडक माथिबाट पहिरो खसेको छ । गोरखा पृथ्वी राजमार्ग हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सम्पूर्ण सवारी साधन पूर्ण रूपमा ठप्प भएको छ ।     

 

See More On

सुझावित समाचार