उदयपुरमा त्रियुगा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत डिएसपी राजन चापागाईंका अनुसार त्रियुगा नगरपालिका– ६ जलजलेकी ६५ वर्षीया दुर्गा प्रधानको मृत्यु भएको हो।
उनलाई खेतमा काम गरेर फर्कने क्रममा त्रियुगा नदीले बिहीबार साँझ बगाएको थियो। उनले भने, ‘आज (शुक्रबार) शव पोस्टमाटर्मका लागि जिल्ला अस्पताल ल्याएका छौँ । पोस्टमार्टम गरेर शव परिवारलाई जिम्मा लगाउने तयारी गरेका छौँ ।’
मृतक प्रधानसहित उदयपुरमा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या चार पुगेको प्रहरीको तथ्यांक छ ।