त्रिशूली नदीमा बेपत्ता बस नभेटिएपछि गोताखोर परिचालन

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका– २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज बिहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ। अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुंगामा खोजी थालेका छन्। हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए ।

आज बिहान आज बिहान ३:३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१  र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौं र वीरगन्जमा गाडी नम्बर र चलानीबारे बुझ्ने काम भइरहेको छ । यद्यपि, वास्तविक विवरण प्राप्त नभइसकेको उनले जानकारी दिए ।

See More On

सुझावित समाचार