विराटनगरको होटेलमा वास बसेका व्यापारी मृत भेटिए

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण

विराटनगरमा एकजना व्यापारी आज बिहान मृत अवस्थामा भेटिएका छन्। विराटनगर– ९ मा रहेको फ्रेन्ड्स रेस्टुरेन्ट एन्ड लजमा मोरङ रतुमाई नगरपालिका– ९ लालिकट्टा घर भई रंगेली– २ बैतौमा होलसेल पसल गर्दै आएका ३३ वर्षीय  व्यापारी गजेन्द्र साह मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार व्यापारी गजेन्द्र बिहीबार दिउँसो २०४ नम्बरको कोठा भाडामा लिएर वास बसेका थिए । उनी आफू बसेकै कोठामा झुन्डिएको अवस्थामा बिहान मृत फेला परेका हुन्।

आफन्तहरूले व्यापारी साह मानसिक रूपमा पनि स्वस्थ रहेको र कारोबारमा पनि कुनै घाटा नभएकोले घटना रहस्यमय भन्दै गहन छानबिन गर्न माग गरेका छन् । मोरङ प्रहरी प्रवक्ता डिएसपी गजेन्द्र बस्नेतले व्यापारी मृत भेटिएको घटनाबारे अनुसन्धान थालिएको बताए । 

सुझावित समाचार