सामसङले ५३ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । सामसङले सामसङ इनोभेसन क्याम्पसमा तेस्रो ब्याचको कोडिङ एन्ड प्रोग्रामिङ पूरा गरेका त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको जनाएको छ । आगामी ब्याचका विद्यार्थीले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन् । विद्यार्थीहरूलाई कोर्स उत्तीर्ण गरेको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा आयोजित समारोहमा प्रदान गरिएको थियो ।
सामसङ नेपाल कार्यालयका प्रमुख इन सु किमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचको सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्न पाउँदा खुसी लागेको बताए । ‘नेपाली युवालाई निरन्तर सशक्तीकरण गर्ने र उनीहरूलाई रोजगारीका लागि तयार बनाउने लक्ष्य राखेका छौँ,’ उनले भने ।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डिन डा. शशीधर राम जोशीले प्रतिष्ठित पाठ्यक्रम नेपाली विद्यार्थीहरूको विकास र दक्षता बढाउनका लागि सहायकसिद्ध हुने बताए । यस कार्यक्रमअन्तर्गत कम्पनीले नेपाली युवालाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स, बिग डाटा र कोडिङ एन्ड प्रोग्रामिङजस्ता प्राविधिक सीपहरूमा तालिम दिएर नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पु¥याउने बताइएको छ ।