सुनको मूल्य तोलामा आठ सयले बढ्यो

बिहिबार, २७ असार, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला आठ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ ।

बुधबार प्रतितोला एक लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार दुई सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा १५ ले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ७० मा कारोबार भएको चाँदीको मूल्य आज भने  एक हजार आठ सय ८५ निर्धारण भएको छ ।     

See More On

सुझावित समाचार