ग्लोबल आइएमई र नास–आइटीबीच दिगो साझेदारीसम्बन्धी सम्झौता

मंगलबार, २६ असार, २०८१
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आइटी सर्भिसेस (नास–आइटी)बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आइटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत दिलीप पोखरेल र नास–आइटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका छन् । सरकारले आर्थिक वर्ष ०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा मनाउने गरी आइटी क्षेत्रलाई प्राथमिकतामा राखेको छ । सोही सन्दर्भमा यस खालको सम्झौता गरिएको पोखरेलले बताए । 

बैंक र नास–आइटीको आपसी सहकार्यले नवाचार र अनुसन्धानलाई प्रवद्र्धन, स्टार्टअप र साना व्यवसायलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवद्र्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने बताइएको छ । 

सुझावित समाचार