२०४७ सालको संविधान ब्युँतिने खतरा बढ्यो : देवेन्द्र पौडेल

मंगलबार, १८ असार, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नयाँ सरकारको समिकरणले  २०४७ सालको संविधान ब्युँतिने खतरा बढेको बताएका छन् ।

कांग्रेस एमालेले संविधान संशोधनका लागि नयाँ समिकरण बनेको भनेसँगै पौडेलले देशमा के त्यस्तो संकट आइपर्यो र संविधान संशोधन गर्नुपर्यो भनेर प्रश्न गरे ।

‘सरकार छोड्नुपर्यो भनेर माओवादीलाई कुनै चिन्ता छैन ।  ६ महिनापछि सहमति अनुसार छोड्नैपर्ने थियो अहिले छोड्दा केहि फरक पर्दैन तर संविधान संशोधनको कुराले गम्भीर बन्न बाध्य गराएको छ’, उनले भने । 

सुझावित समाचार