प्राचीन ग्रिक दार्शनिक अरिस्टोटल (जन्म ः इसापूर्व ३८४, निधन ः इसापूर्व ३२२) आदर्श समाज निर्माणका लागि शिक्षित जनशक्तिको आवश्यकतामा जोड दिन्थे । प्लेटोबाट दीक्षित अरिस्टोटल अलेक्ज्यान्डर महान्जस्ता इतिहासकै सफल कमान्डरका गुरु हुन् । उनका केही विश्वचर्चित भनाइ यस्ता छन् ।
- शिक्षा तितो हुन्छ, तर यसको फल मिठो हुन्छ ।
- हरेक ज्ञानको परीक्षण हुनुपर्छ, यो तर्कसंगत हुनुपर्छ ।
- मानिस राजनीतिक प्राणी हो ।
- हामीले बारम्बार जे गर्छौँ, त्यही हुन्छौँ । त्यसैले श्रेष्ठता कुनै कार्य होइन, यो अभ्यास हो ।
- एउटा शिक्षित मस्तिष्कले कुनै विचारलाई स्वीकार नगरी आलोचनात्मक रूपमा त्यसको मज्जा लिन सक्छ ।
- हृदय शिक्षित नगरी मस्तिष्कलाई दिइएको शिक्षा कुनै शिक्षा नै होइन ।
- गरिबीले क्रान्ति र अपराध निम्त्याउँछ ।
- अरूलाई कसैलाई थाहा नभएको कुरा थाहा हुनु नै व्यवसायको सफलताको रहस्य हो ।
- राम्रो नेता बन्नका लागि तिमी राम्रो अनुयायी हुनुपर्छ ।
- स्वभावैले सबै मानिसले ज्ञानको इच्छा राख्छन् ।
- खुसी आफैँभित्र निर्भर छ ।
- साहसवनिा तिमीले यो दुनियाँमा केही पनि हासिल गर्नेछैनौ ।
- हरेक महान् बुद्धिमान्ले पागलपन अनुभव गरेका हुन्छन् ।
- मानिस सबै प्राणीहरूमध्ये आदर्श हो । उसलाई कानुन र न्यायबाट अलग राख्नुस्, ऊ सबैभन्दा खराब हो ।
अरिस्टोटलका विश्वचर्चित भनाइ
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
२ हप्ता अघि
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
१ हप्ता अघि
बढे रुघाखोकी र ज्वरोका बिरामी
२ हप्ता अघि
सुझावित समाचार
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …