लक्ष्य निर्धारण
सहज लक्ष्य निर्धारण गर्नुहोस् । एकै दिन धेरै पढ्नेभन्दा पनि थोरैथोरै गरेर पढिरहने बानी बसाल्नुस् । प्रत्येक महिना यति पुस्तक वा यस्ता विधाका पुस्तक वा यी लेखकका पुस्तक पढ्छु भनेर तय गर्नुस् । आफूलाई सहज लाग्ने पुस्तक, आफूलाई मनपर्ने विधा वा आफ्ना प्रिय लेखकको पुस्तक पढ्न थाल्नुस् ।
रुटिन बनाउनुस्
हरेक दिन यस समयमा पढ्छु भनेर रुटिन बनाउनुस् । बिहान, लन्च ब्रेक, साँझ वा सुत्ने समय जतिवेला सहज महसुस हुन्छ, त्यतिवेला केही पाना पल्टाउनुस् । बिस्तारै पढ्ने बानी पर्छ ।
विविधता
विभिन्न माध्यम र विधाका पुस्तक पढ्नुस् । पाना पल्टाउन जाँगर चल्दैन भने अडियोबुक पनि सुन्न सकिन्छ । पुस्तक पढिसकेपछि त्यसबारे छलफल गर्नुको मज्जा नै बेग्लै छ । यसका लागि अनलाइन वा सामाजिक सञ्जालमा उपलब्ध विभिन्न पठन समुदाय वा बुक क्लबहरूमा जोडिन सकिन्छ । यसरी छलफल गर्दा पुस्तकबारे नयाँ दृष्टिकोण पनि पत्ता लाग्छ ।
ध्यान
मोबाइललगायतका डिभाइस र होहल्लाले ध्यान भंग गरिरहेका हुन्छन् । त्यसैले शान्त स्थानमा बसेर पढ्नु राम्रो हुन्छ ।