- हुन त जुनसुकै उमेरका मानिसले पनि संगीतको अभ्यास गरेर आफूलाई शान्त राख्न सक्छन् । तर, बच्चैबाट संगीत सुरु गर्दा यसको अधिकतम लाभ उठाउन पाइन्छ ।
- बालबालिकाको मानसिक विकासमा संगीत उपयोगी हुने विभिन्न अध्ययनले देखाएको छ । संगीतले बौद्धिक, सामाजिक व्यक्तित्व विकासमा सघाउँछ । वाद्यवादन, गायन, गीत सिर्जनालगायत संगीतका विधामा लाग्दा बालबालिका खुसी र सिर्जनशील हुन्छन् । धैर्य, आत्मविश्वास र आत्मजागरण बढेर जान्छ ।
- संगीत समूहमा सिक्ने र प्रस्तुत गर्ने गरिन्छ । जसकारण सामाजिक रूपमा घुलमिल हुने, समूहमा विश्वास गर्ने र सहकार्य गर्ने खुबी विकास भएर जान्छ ।
- भावनामा संगीतको शक्तिशाली प्रभाव रहन्छ । संगीतमार्फत आफूलाई अभिव्यक्त गर्न सक्ने खुबी बालबालिकामा विकास हुनु भनेको उनीहरूको भावनात्मक बौद्धिकता र बुझाइ विकास हुनु हो ।
- भविष्यमा संगीतमै करिअर बनाउने वा सौखका रूपमा भए पनि यसलाई निरन्तरता दिने बानी विकास हुन्छ । संगीतमा लाग्नेहरू खुसी र भरिपूर्ण हुन्छन् ।
- संगीतमा लाग्नेमा ध्यानपूर्वक सुन्ने बानीको विकास हुन्छ । त्यस्तै, भाषाको दखल पनि राम्रो हुन्छ । राम्रोसँग सुन्ने र त्यसलाई मस्तिष्कमा पनि राम्ररी स्मरण गर्ने खुबी विकास हुन्छ ।