टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

बिहिबार, ६ असार, २०८१
डिजिटल संस्करण

धादिङको सिद्धलेक गाउँपालिका– २ नलाङस्थित खिर्रेमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

धादिङको नलाङ पात्लेबाट खिर्रेतर्फ जाँदै गरेको ज.१ज ४४४ नम्बरको टाटा सुमो सडकबाट करिब तीन सय मिटर तल खस्दा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोकबहादुर गुरुङको ज्यान गएको नलाङ पात्ले माध्यमिक विद्यालयका शिक्षक अमृत गुरुङले जानकारी दिए । 

शिक्षक गुरुङका अनुसार घटनास्थलबाट उद्धार गरी धादिङ अस्पताल ल्याइएका लोकबहादुरलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरे । दुर्घटनामा परी घाइते भएका चालक ५५ वर्षीय जीवन श्रेष्ठको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

सुझावित समाचार