विश्व बैंकको नेपाल हेर्ने देशीय निर्देशकमा डेभिड सिस्लेन

बिहिबार, ७ असार, २०८१
डिजिटल संस्करण

विश्व बैंकको नेपाल हेर्ने देशीय निर्देशक (कन्ट्री डाइरेक्टर)मा डेभिड सिस्लेन नियुक्त भएका छन् । विश्व बैंकले १ जुलाईदेखि कार्यान्वयन हुने गरी नेपाल, माल्दिभ्स र श्रीलंकाका कन्ट्री डाइेक्टरमा सिस्लेनलाई नियुक्त गरेको हो ।

यसअघि विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंकाका कन्ट्री डाइेक्टरका रूपमा फारिस हदाद जेर्भोसले काम गर्दै आएका थिए । अब फारिसको ठाउँमा सिस्लेन हुने बैंकले जनाएको छ ।

सिस्लेनले सन् २००१ मा विश्व बैंकमा जोडिएका थिए । उनी सुरुमा सहरी क्षेत्र हेर्ने अर्थशास्त्रीका रूपमा विश्व बैंक प्रवेश गरेको भए पनि पछि विभिन्न विभागमा फरक–फरक भूमिकामा रहेर काम गरे ।

देशीय निर्देशकमा नियुक्ति हुनुपूर्व उनी ल्याटिन अमेरिकामा सहरी, प्रकोप व्यवस्थापन र भूमिको अभ्यास प्रबन्धका रूपमा कार्यरत थिए । आफ्नो नयाँ भूमिका र सरोकारावाला तथा साझेदारसँगको भेटका लागि उत्साहित रहेको उनले बताए ।

सुझावित समाचार