३५ अभिकर्तालाई ‘नेसनल रत्न अवार्ड’

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

 नेसनल लाइफ इन्स्योरेन्सले बागमती प्रदेशका ३५ जना अभिकर्तालाई नेसनल रत्न छनोट गरेर सम्मान गरेको छ । कम्पनी बुढानीलकण्ठ काठमाडौंको होटेल लेमन ट्री प्रिमियरका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नेसनल रत्न विजेता अभिकर्तालाई नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका छन् ।

कार्यक्रममा उनले कम्पनीमा बिमा गर्ने बिमितलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता सञ्जालको महत्वपूर्ण भूमिका रहने बताए । त्यस्तै, अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री एवं व्यावसायिक बनाउन थप लगानी गर्दै गइरहेको बताए ।  

सहभागी अभिकर्तालाई कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले अभिकर्ताको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाको छुट्टाछुट्टै महत्व हुने भएकाले योजनामा छनोट गर्न व्यावसायिक कार्यनीति बनाउनुपर्ने बताए । नेसनल रत्नमा छनोट हुने अभिकर्तालाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुसार काठमाडौंमा बागमती प्रदेशका अभिकर्ताबाट सम्मान गरिएको उनले जानकारी दिए ।  
 

सुझावित समाचार