भारतीय केन्द्रीय मन्त्री जयशंकरद्वारा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

भारतको दुईदिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय केन्द्रीय मन्त्री एस जयशंकरले आज भेटवार्ता गरेका छन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन हिजो नयाँदिल्ली आएका प्रधानमन्त्री प्रचण्डसँग मन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटवार्ताको क्रममा दुवै देशका अधिकारीहरूसमेत सहभागी थिए। सो क्रममा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ। भारतका निवर्तमान विदेशमन्त्री रहेका जयशंकरले मोदी नेतृत्वको सरकारमा हिजो शपथग्रहण गरेका हुन्। उनले नेतृत्व गर्ने मन्त्रालय भने टुंगिन बाँकी छ।

लामो समय भारतीय कूटनीतिज्ञ रहेका जयशंकर गत ३० मे २०१९ देखि केही दिनअघिसम्म विदेशमन्त्री थिए।

सुझावित समाचार