- कार्यालयमा फर्मल गेटअपमा जानु राम्रो हुन्छ । सर्टमा आइरन गर्न नभुल्नुस् । रंगिचंगी सर्ट नभएर एउटै कलरको सर्ट छान्नुस् । टाई पनि एकै कलरको लगाउनुस् ।
महिलाले पनि सकभर सर्ट/पाइन्टमै जाँदा राम्रो हुन्छ । तर, यदि तपाईंलाई पाइन्ट लगाउन मन पर्दैन भने फर्मल साडी लगाउन सक्नुहुन्छ । तपाईंले जिन्स पाइन्ट र त्यसमाथि सिम्पल कुर्था पनि लगाउन सक्नुहुन्छ । रंगिचंगी होइन, एउटै कलरको कुर्था वा साडी रोज्नुपर्छ ।
-अधिक चम्किलो कपडा अन्तर्वार्ताका लागि राम्रो होइन । त्यसैले चम्किलो कालो, खैरो, रातो, पहेँलोलगायत गाढा रङका कपडा नछान्नुस् । तपाईंले आकासे रङको निलो, मरुन, पर्पललगायत रङका कपडा लगाउन सक्नुहुन्छ ।