इजरायल र प्यालेस्टिनीबीच आठ महिनाभन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार ८४ को मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ।
नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तीमा दुई सय ७४ जनाको मृत्यु भएको छ भने जसमा चार बन्धकलाई जीवित उद्धार गरिएको हो।
अक्टोबर ७ मा युद्ध सुरु भएदेखि थप ८४ हजार चार सय ९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ।