एन्ड्रिक चम्किएपछि मेक्सिकोमाथि ब्राजिल हावी

१७ वर्षीय किशोर एन्ड्रिकले लगातार तेस्रो खेलमा तेस्रो गोल गरे

आइतबार, २७ जेठ, २०८१
डिजिटल संस्करण

आज बिहान खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले मेक्सिकोलाई ३–२ दुई गोल अन्तरले पराजित गरेको छ। 

ब्राजिलको जितमा १७ वर्षीय एन्ड्रिकले नायकीय भूमिका खेले। ब्राजिलको राष्ट्रिय टिममा समावेश यी किशोरले आफूमा ठूलो सम्भावना रहेको प्रमाणित गरेका छन्। 

राष्ट्रिय टिमबाट तेस्रो खेल खेलेका एन्ड्रिकले व्यक्तिगत गोल संख्या पनि तीन पुर्याए। यसअघि उनले इंग्ल्यान्डसँगको डेब्यु र स्पेनसँगको दोस्रो म्याचमा पनि गोल गरेका थिए। 

खेलमा अग्रता पनि ब्राजिलले लिएको थियो। पाँचौँ मिनेटमा एन्ड्रियास परेइराले ब्राजिललाई सुरुवाती गाेल दिलाए । यस्तै, ५४औँ मिनेटमा ग्रेब्रियल मार्टिनेलीले अग्रता दोब्बर पारे।

त्यसपछि ७३औँ र ९२औँ मिनेटमा मेक्सिकोले गोल गर्दै खेल बराबरीमा ल्यायो। ७३औँ मिनेटमा जुलियन क्विनोनेसले र थपिएको समयको दोस्रो मिनेटमा गुइलेर्मो मार्टिनेजले गोल गरेका थिए।

बराबरीउन्मुख खेलमा नायक साबित हुँदै एन्ड्रिकले अतिरिक्त समयको छैटौँ मिनेटमा ब्राजिलका लागि विजयी गोल गरे। ६१औँ मिनेटमा मैदान प्रवेश गरेका यी किशोरले भिनिसियस जुनियरको पासलाई सदुपयोग गर्दै ब्राजिलको लागि आकर्षक फिनिसिङ गरेका थिए।

इङ्ल्यान्डविरुद्धको डेब्यु खेलमै उनले गोल गरेका थिए। त्यसपछि उनले स्पेनविरुद्ध पनि गोल गरे।

सुझावित समाचार