नेप्से परिसूचक ओरालो

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो लागेको छ। लगातार ओरालो लागेको बजार आज पुनः थप ओरालो लागेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.९३ अंकले ओरालो लागेर दुई हजार ७७.७८ विन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२७ अंकले ओरालो लागेर तीन सय ७०.३४ मा सीमित भएको छ।

कुल ८८ लाख १३ हजार तीन सय ७४ कित्ता सेयर रु. चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार सात सय २० मूल्यमा खरिद–बिक्री भए।

नेप्सेका अनुसार आज इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर ९.८८, माण्डु हाइड्रोपावर ८.४३ र सुपर मादी हाइड्रो पावरका लगानीकर्ताले ७.५८ प्रतिशत कमाएका छन्।

त्यस्तै, माईखोला हाइड्रोपावर ६.४०, ज्योति विकास बैंकको ऋणपत्र ५.३१, नारायणी डेभलपमेन्ट बैंक ५.३१, पोखरा फाइनान्स ५.१२ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ४.५६ प्रतिशतले गुमाए।

सुझावित समाचार