कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्ति खारेजीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासबाट हुने भएको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्वमुख्यमन्त्री कार्कीले वर्तमान मुख्यमन्त्रीको खारेजी र आफूलाई पुनर्वहाली गर्न माग गर्दै दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो।
आज उक्त रिटको सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्णमा पठाउन आदेश दिएको हो। पूर्ण इजलासको पेसी २७ जेठमा तोकिएको छ।