नेपालले टी–२० विश्वकपमा नेदरल्यान्डविरुद्ध सुरुवात खराब गरेको छ। डालासमा पहिलो ब्याटिङ गरेको नेपालले तीन ओभरभित्र दुवै ओपनर गुमाएको छ।
इनिङ्सको ३.१ ओभरमा ओपनर कुशल भुर्तेल एलबिडब्लूका रूपमा आउट भएका हुन्। उनले १० बलमा सात रन जोडे। उनले आफ्नो इनिङ्समा एक चौका प्रहार गरे। नेपालले भुर्तेल र आसिफ सेखलाई गुमाउँदा स्कोर बोर्डमा दुई विकेटको नोक्सानीमा १७ रन बनाएको छ।
क्रिजमा कप्तान रोहितकुमार पौडेल दुई रन तथा अनिल शाह चार रनमा खेलिरहेका छन्। नेदरल्यान्ड्सका लागि लोगान भान विक र टिम प्रिन्गेलले समान एक विकेट लिए।