- सुत्नुअघि पढ्नुका धेरै फाइदा छन् । बेडमा जानुअघि २० देखि ३० मिनेट मात्रै पढ्दा पनि मस्तिष्कले आराम पाउँछ ।
- दैनिक भागदौडबाट मुक्त भएर मानिसले नयाँ कुराहरू सोच्न थाल्छ । अध्ययनले कल्पना शक्ति र ज्ञान बढाउँछ । स्मरणशक्ति र मस्तिष्कको कार्यक्षमता बढाउँछ ।
- निद्राको गुणस्तर राम्रो हुन्छ र शरीरले आराम महसुस गर्छ । तपाईंले शान्त महसुस गर्नुहुन्छ र भोलिपल्ट नयाँ सुरुवात गर्न ऊर्जा मिल्छ ।
- दिनभरको थकान, चिन्ता र व्यस्ततालाई बिर्सिएर तपाईं पुस्तक वा कथाको पात्रका विषयमा सोच्न थाल्नुहुन्छ । तपाईं फरक दुनियाँमा पुग्नुहुन्छ र फरक संस्कार र फरक दृष्टिले सोच्न थाल्नुहुन्छ ।
- नैतिक कथाहरूले मानिसलाई सामाजिक मूल्य–मान्यताबारे बुझाइरहेको हुन्छ । त्यस्तै रोमाञ्चकारी कथाहरूले अलग दुनियाँमा लगिरहेका हुन्छन् ।
- धेरैजसो मानिस रातको समय इलेक्ट्रोनिक डिभाइसमा झुम्मिरहेका हुन्छन् । अत्यधिक समय स्मार्टफोन, ट्याबलेट वा कम्प्युटर चलाउने बानी खासमा राम्रो होइन । विशेषगरी, सुत्नुअघि ओछ्यानमा पल्टिएर मोबाइल चलाउनु राम्रो मानिँदैन ।
- किनकि, यस्ता डिभाइसले ब्लु लाइट फ्याँक्छन्, जसले राम्रो निद्रा लगाउने ‘मेलाटोनिन’ नामक हर्मोनको उत्पादनमा असर गर्छ । पुस्तक पढ्ने बानीले तपाईंलाई डिटिजल डिभाइसको लतबाट जोगाउन पनि भूमिका खेल्छ ।
अध्ययनले सुधार्छ निद्राको गुणस्तर
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
३ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
४ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
३ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
४ हप्ता अघि
घरैबाट ध्यान, विकासमा योगदान
३ हप्ता अघि
सुझावित समाचार
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …