मनाङ घुम्न पुगेका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन

शनिबार, १९ जेठ, २०८१
डिजिटल संस्करण

हिमाली जिल्ला मनाङकाे तिलिचो ताल जाने क्रममा एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिबोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।  

मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको बताए ।

उनीसँगै रहेका अन्य तीन जनाले उनी सम्पर्कविहीन भएपछि खोजी गर्न प्रहरीलाई खबर गरेका थिए । उनको खोजीमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली समेत परिचालन गरिएको छ ।  

सुझावित समाचार