गार्डियन माइक्रो लाइफको सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्नेछ । कम्पनीले सेयर निष्कासनका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सेयर निष्कासनसम्बन्धी सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । फाइनान्सले केन्द्रीय कार्यालयसहित शाखा उपशाखा तथा एक्सटेसन काउन्टर गरी देशभर २६ कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ । 

सुझावित समाचार