पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति, सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

अर्थमन्त्री वर्षमान पुनले नागरिकको सुसूचित हुने हकको सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिको घोषणा गरेका छन्।

आमसञ्चार क्षेत्रलाई निष्पक्ष, समावेशी, व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै सार्वजनिक महत्त्वको समाचार समयमै सत्य, तथ्य र निष्पक्ष रूपमा संप्रेषण गर्ने व्यवस्था मिलाइने सरकारको घोषणा छ।

लुम्बिनी प्रदेशमा कृष्णसेन इच्छुक सञ्चारग्राम स्थापना गर्ने घोषणा पनि अर्थमन्त्रीले गरेका छन्। सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तालिमको अवसर प्रदान गरिने उनले बताए।

सुझावित समाचार