अमेरिकी पिआर लिएका विकललाई ६ महिना कैद

सोमबार, १४ जेठ, २०८१
डिजिटल संस्करण

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ६ महिना कैद सजाय भएको छ। उनले सार्वजनिक पदमा रहँदा नै अमेरिकी स्थायी आवासीय अनुमति लिएका थिए। 

उनी सार्वजनिक संस्थाकाे प्रमुख कार्यकारी पदमा रहेका कारण थप ६ महिना कैद सजाय भएकाे छ । उनले १० हजार रूपैयाँ जरिवानासमेत तिर्नुपर्नेछ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सोमबार यस्तो फैसला गरेको हो। 

९ वैशाख ०८१ मा उनीमाथि झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

सुझावित समाचार