ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई न्युटन कप

सोमबार, १४ जेठ, २०८१
डिजिटल संस्करण

ग्रिनल्यान्ड र भ्याली पब्लिकले प्रथम न्युटन एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ग्रिनल्यान्ड पुरुष तथा भ्याली पब्लिक महिला च्याम्पियन बनेका हुन् । प्रतियोगिताअन्तर्गत आइतबार भएको पुरुष फाइनलमा ग्रिनल्यान्डले हुपर्सलाई १८–१२ ले पराजित गर्यो ।

ग्रिनल्यान्डका सुरेश बिसीले आठ स्कोर गरेका थिए । महिलातर्फको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १८–१६ ले हरायो । भ्याली पब्लिककी एन्जल गुप्ताले सात स्कोर गरिन् । पुरुष र महिलातर्फको विजेताले १० हजार रुपैयाँ तथा उपविजेताले पाँच हजार रुपैयाँ पाए । 

उपाधि विजेता र उपविजेता टोलीका प्रत्येक खेलाडीले न्युटनमा प्लस टु अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पनि पाएका छन् । उपाधि विजेताबाहेक नकआउट चरणमा पुग्ने र सहभागी टोलीका हरेक खेलाडीलाई पनि फरक–फरक प्रतिशतमा छात्रवृत्तिको अवसर दिइएको छ । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुरेश र एन्जल आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुई दिनसम्म चलेको प्रतियोगिताको पुरुषमा ३२ तथा महिला १६ टोलीले भाग लिएको प्रतियोगिताका संयोजक नारायण खवासले जनाएका छन् ।

सुझावित समाचार