नवलपरासीमा भालुको आक्रमणबाट महिला घाइते

आइतबार, १३ जेठ, २०८१
डिजिटल संस्करण

पश्चिम नवलपरासीमा जंगली जनावर भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार भालुको आक्रमणबाट बर्दघाट नगरपालिका- २ संसारकोट बस्ने ओमबहादुर खाम्चाकी श्रीमती २५ वर्षीया खिममाया खाम्चा घाइते भएका हुन्। 

घरदेखि २ किलोमिटर पूर्वतर्फ रहेको जंगलमा निगुरो टिप्न जाँदा आज दिउँसो साढे १ बजेतिर भालुले आक्रमण गरेको हो। 

घाइते खिममायाको चिसापानी अस्पताल चिसापानी बर्दघाटमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको छ।

सुझावित समाचार