जापानमा सम्बन्धविच्छेद भएका आमाबाबुलाई ‘संयुक्त संरक्षण’मा राख्ने विधेयक पारित

शनिबार, ५ जेठ, २०८१
डिजिटल संस्करण

जापानको संसद्ले कानुनमा एउटा जयाँ विधेयक पारित गरेको छ। जसले सम्बन्धविच्छेद भएका आमाबाबुलाई ‘‘संयुक्त संरक्षण’’को विकल्पसहित ७७ वर्षमा आमाबाबुको अधिकारसम्बन्धी पहिलो कानुन परिवर्तनलाई सम्बोधन गरेको छ।

जापानको नागरिक संहितालगायतका कानुन संशोधन गर्ने विधेयकलाई शुक्रबार जापानी संसद्को माथिल्लो सदनले अनुमोदन गरेको हो। जसले अन्य देशमा व्यापक रूपमा देखिने अभ्याससमेतलाई मार्ग प्रशस्त गरेको छ।

उक्त कानुनअन्तर्गत आमाबाबुले सम्बन्धविच्छेदपछि पनि बच्चाहरूको हेरचाह संयुक्त वा एकल रूपमा गर्ने वा नगर्ने छलफल गर्नेछन्। हालको प्रणालीअन्तर्गत जोडीमध्ये कुनै एकलाई मात्र अभिभावकको अधिकार प्रयोग गर्न अनुमति दिइन्छ।

जापानमा विवाद भएमा पारिवारिक अदालतको सक्रियतामा ‘संयुक्त संरक्षण’ व्यवस्थाको बारेमा निर्णय हुनेछ। घरेलु हिंसा वा कुनै पनि अभिभावकले भोगेका दुर्व्यवहारजन्य मामिलामा, संशोधनअनुसार अन्य अभिभावकलाई एकल संरक्षण प्रदान गरिनेछ।

संशोधित कानुन घोषणाको दुई वर्षभित्र लागू हुनेछ भने पहिले नै सम्बन्धविच्छेद गरिसकेका व्यक्तिमा पूर्वव्यापी रूपमा लागू हुनेछ।

सुझावित समाचार