थाइल्यान्डको राजधानी सार्नुपर्ने जोखिम बढ्यो

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण

जलवायु परिवर्तनसँगै बढ्दो समुद्री सतहका कारण थाइल्यान्डले राजधानी बैंकक सार्नुपर्ने अवस्था आउन सक्ने देशको जलवायु परिवर्तन विभागका एक वरिष्ठ अधिकारीले बुधबार बताए ।

बैंककका अधिकांश भाग यो शताब्दीको अन्त्यअघि नै डुब्ने जोखिम रहेको विभिन्न अध्ययनले देखाइरहेका छन् । व्यस्त राजधानीको अधिकांश भाग अहिले नै वर्षाको समयमा डुब्ने गर्छ ।

जलवायु परिवर्तन तथा वातावरण विभागका उपमहानिर्देशक पाभिच केसावाओङले तापक्रम वृद्धि अहिलेकै स्तरमा बढिरह्यो भने बैंकक यो शताब्दीको अन्त्यसम्म डुब्ने बताए ।
 

सुझावित समाचार