गृहमन्त्रीलाई बोल्न समय दिएपछि धकेलाधकेल, प्रतिनिधिसभा बैठक स्थगित

बिहिबार, ३ जेठ, २०८१
डिजिटल संस्करण
गृहमन्त्रीलाई बोल्न समय दिएपछि धकेलाधकेल, प्रतिनिधिसभा बैठक स्थगित

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेपाली कांग्रेसको विरोधबीच सुरु भएको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ। कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएका थिए।

कांग्रेस सांसदहरूले नाराबाजी गरिरहँदा सभामुखले शून्य र विशेष समयका कार्यक्रमहरू कार्यसूचीबाट हटाएर राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न सुरु गरे। पत्र पढेर सुनाइसकेपछि सभामुखले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए।

कांग्रेस सांसदहरू लामिछानेलाई रोस्ट्रममा जान रोक्न उनलाई घेरा हालेर बसेपछि एमाले सांसदहरू पनि प्रतिकारमा उत्रँदा बैठकमा केहीबेर धकेलाधकेल भएको हो।

सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरू नाराबाजी र धकेलाधकेल गर्न थालेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ। यसअघि कांग्रेसकाे अवराेधका कारण राष्ट्रिय सभा बैठक पनि स्थगित गरिएकाे छ।

सुझावित समाचार