पार्किङमा राखिएका गाडीहरू शृंखलाबद्ध रूपमा चोरीमा संलग्न एक युवक पक्राउ परेका छन्।
रामेछापको दोरम्बा गाउँपालिका- ५ घर भई ललितपुरको सानेपा बस्ने २९ वर्षीय गणेशबहादुर गौतमलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो।
उनले तीनवटा गाडीहरू चोरी गरेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नरेशराज सुवेदीले बताए। ललितपुरका विभिन्न स्थानमा पार्किङ गरी राखेको बा.१५ च ९८२५, बा.१२ च ४७०६ र बा.७ च ७७० नम्बरको टाटा कम्पनीको पिकअप डिआई गाडी उनले चोरी गरेका थिए।
अनुसन्धानको बा.१५ च ९८२५ र बा.१२ च ४७०६ गाडी नैकाप र सतुंगलमा बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको थियो। दुवै गाडीहरू ब्याट्री निकालिएको अवस्थामा भेटिएको थियो।
साथै बा.७ च ७७० नम्बरको पिकअप गाडी इलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानीखोला धादिङबाट प्रहरीले बरामद गरेको छ।
अभियुक्त गौतमलाई भाग्दै गरेको अवस्थामा काभ्रे प्रहरीको समन्वयमा दोलालघाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।