टेबलटेनिसको ओलम्पिक छनोट आजदेखि

नेपाली खेलाडी छनोट हुनेमा आशावादी

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

नेपालमा पहिलोपटक पेरिस ओलम्पिकअन्तर्गत दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबारदेखि हुँदै छ । लैनचौरको टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छनोट प्रतियोगितामा सहभागी पाँच राष्ट्रबाट समान एक पुरुष र महिला खेलाडीले ओलम्पिकको टिकट काट्नेछन् । नेपालसहित माल्दिभ्स, पाकिस्तान र श्रीलंकाली खेलाडीले छनोट चरणमा प्रतिस्पर्धा गर्नेछन् । नेपालका खेलाडीले घरेलु कोर्टमा हुने छनोट प्रतियोतिगामा उत्कृष्ट प्रदर्शनसहित पेरिस ओलम्पिकमा स्थान बनाउने योजनाका साथ प्रशिक्षण भइरहेको जनाएका छन् । 

प्रतियोगितामा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकले अहिलेसम्म १९ खेलाडीको सहभागिता निश्चित गरेको छ । पाकिस्तानले एक कोटाको नाम फिर्ता लिएको छ । नेपाली टोलीमा पुरुषतर्फ संयोग कपाली र स्यान्टु श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ नविता श्रेष्ठ र इभाना थापा छन् । नेपाली टोलीको नेतृत्व नविताले गरेकी छिन् । उनले पेरिस ओलम्पिकमा नेपाली खेलाडीले स्थान बनाउनेमा विश्वस्त रहेको र तयारी उत्कृष्ट भएको बताएकी छिन् । 

‘यो हाम्रो लागि सुनौलो अवसर हो । पहिलोपटक घरेलु भूमिमै ओलम्पिक छनोट खेल्दै छु । छनोट हुनेमा आशावादी छौँ,’ नविताले भनिन्, ‘पछिल्लो दुई महिनादेखि निरन्तर अभ्यास गरिरहेको छौँ । अब देखाउने समय आएको छ ।’ बंगलादेशका प्रशिक्षक मोहम्मद अलीले पनि नेपाली टोली बलियो रहेको बताए । ‘सबै टोली राम्रा छन् । त्यसमध्ये पनि नेपाल बलियो देखिन्छ,’ उनले भने, ‘नविताले पछिल्लो समय राम्रो गरिरहेकी छिन् । माल्दिभ्स र श्रीलंका पनि बलिया छन् ।’ 

विश्व टेनिस वरीयतामा भारतले शीर्ष आठ स्थानमा रहँदै दक्षिण एसियाली क्षेत्रबाट सीधै पेरिस ओलम्पिकमा स्थान पक्का गरिसकेको छ । प्रतियोगितामा सहभागी चार राष्ट्रका प्रशिक्षकले सहभागी राष्ट्रका खेलाडीलाई ओलम्पिकमा छनोट हुने अवसर भएको बताए । पुरुषतर्फ नेपालका संयोग कपालीलाई दाबेदार खेलाडीका रूपमा हेरिएको छ । महिलामा श्रीलंकासहित नेपाल र माल्दिभ्सबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा छ । 

टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले भारतको अनुपस्थितिमा नेपालको सम्भावना बलियो भएको बताए । ‘भारत नहुँदा हाम्रो लागि बलियो आधार हो । स्यान्टुले पछिल्लो समय ओलम्पिक छात्रावृत्ति लिएका छन् । 

सुझावित समाचार