रोहितले पूरा गरे अर्धशतक

बिहिबार, २० बैशाख, २०८१
डिजिटल संस्करण
रोहितले पूरा गरे अर्धशतक

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपालका कप्तान रोहित पाैडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध अर्धशतकीय इनिङ्स पूरा गरेका छन्।

रोहितले मोन्तीको ओभरमा छक्का लगाउँदै सिरिजमा तेस्रो अर्धशतकीय इनिङ खेलेका हुन्। उनले पहिलो खेलमा शतक जोडेका थिए ।

पाैडेलले ३५ बलमा दुई छक्का र ६ चौका प्रहार गरी ५४ रन बनाएका छन् । क्रिजमा दीपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन् । नेपालले दुई सय १० रनको लक्ष्य पछ्याइरहेको छ ।

सुझावित समाचार