गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज

सोमबार, १७ बैशाख, २०८१
डिजिटल संस्करण

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध दायर रिट खारेज गरेको छ।

न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट सोमबार खारेज गरेको हो।

निवेदका तर्फबाट गरिएको मागदाबी नपुग्ने सर्वोच्चको आदेशमा उल्लेख छ। यसअघि सर्वोच्चले यो रिटमाथि अन्तरिम आदेश दिँदै दीर्घकालीन महत्त्वका निर्णय नगर्न भनेको थियो। 

योसँगै मुख्यमन्त्री अधिकारीलाई सरकार विस्तार र विश्वासको मत लिन बाटो खुलेको छ।

सुझावित समाचार