इलाममा २७९७ मत गणना, कांग्रेस झिनाे मतले अगाडि

आइतबार, १६ बैशाख, २०८१
डिजिटल संस्करण

इलाम २ उपनिर्वाचनकाे मतगणना जारी छ। अहिलेसम्म दुई हजार सात सय ९७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले एक हजार एक सय ५५ मतका साथ अग्रता कायम राखेका छन्। 

खड्कालाई पछ्याउँदै एमाले उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत पाएको निर्वाचन आयोगले जनाएको छ। 

यस्तै, पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले तीन सय १३ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको दुई सय ११ मत पाएका छन्। 
 

सुझावित समाचार